Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमतीको हत्या गरी जंगलमा लुकेको अवस्थामा श्रीमान हतियारसहित समातिए

हाम्रो कोशी आवाज
असोज २९ २०८१, मंगलबार
श्रीमतीको हत्या गरी जंगलमा लुकेको अवस्थामा श्रीमान हतियारसहित समातिए

बिर्तामोडः झापामा सामान्य विवाद हुँदा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा उनका श्रीमान् वीरबहादुर चौहान पक्राउ परेका हुन्।
सोमबार अपराह्न पौने ४ बजेतिर विवाद हुँदा उनले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए। त्यसक्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने वीरबहादुर त्यहाँबाट फरार भएका थिए।
उनी भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको डीएसपी चन्दले बताए। खोजी गर्ने क्रममा उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको डीएसपी चन्दले जनाएका छन्।

प्रकाशित मिति: असोज २९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend