Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारी राईको धरानमा उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ६ २०८१, मंगलबार
श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारी राईको धरानमा उपचारका क्रममा मृत्यु

उदयपुर: उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २२ गते घरायसी विवादमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८ वर्षीय श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए ।
आगोले जलेर गम्भीर घाइते पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाका प्रहरी निरीक्षक सुमन बाँनियाले जानकारी दिए । घटनामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ । मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ६ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend