Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान बस्दै आएकी महिलाको टिपरले किच्दा मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ९ २०८१, शुक्रबार
धरान बस्दै आएकी महिलाको टिपरले किच्दा मृत्यु

धरानः मोरङको बेलबारी–२ मा तीब्र गतिको रहेको टिपरले किच्दा धरान बस्दै आएकी महिलाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम लोकमार्गमा बेलबारीबाट विराटचोकतर्फ आउँदै गरेको को१क ३४१७ नम्बरको टिपरले किच्दा महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मृत्यु हुनेमा धनकुटा खोकु घर भई धरान–१५ बस्ने ४३ वर्षीया भीमा राई रहेको प्रहरीले जनाएको छ । उनी को२८प ६१३२ नम्बरको स्कुटीमा बेलबारीतर्फ गइरहेकी थिइन् ।
को१क ३४१७ नम्बरको टिपरलाई ओभरटेक गरी अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे१ख २७९१ नम्बरको सार्वजनिक बसमा ठक्कर खाई अनियन्त्रित भई सडकमा लड्दा टिपरले किचेको पाइएको प्रहरीले जनाएको छ ।
चालक झापाको मेचीनगर-७ बस्ने ४० वर्षीय नेत्र दर्जी र बस समेत अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।
टिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइ पुरयाउनासाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी जोशीले बताए । शवलाई कोशी अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: कार्तिक ९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend