Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दीपावलीको अवसर पारेर महिला उद्यमीद्वारा सम्मान

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८१, सोमबार
दीपावलीको अवसर पारेर महिला उद्यमीद्वारा सम्मान

बिर्तामोडः बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी समूहले ७० जना भन्दा बढी दाजुभाईलाई एकसाथ सम्मान गरेको छ ।
बिर्तामोडस्थित अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच महिला उद्यमीहरुले उनीहरुलाई सम्मान गरेका हुन् । दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै महिला उद्यमी महिला दिदीबहिनीले टीका, माला र टोपी लगाएर ७० भन्दा बढी पुरुषलाई सम्मान गरेका थिए ।
महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी रहेका थिए ।
कार्यक्रममा अधिवक्ता लक्ष्मी खनाल कोइराला, बिर्तामोड वडा नम्वर ६ नम्बर वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, विर्तामोड–५ का कार्यवाहक अध्यक्ष ओमभक्त सेडाई, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया लगायत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले चाडपर्वको अवसरमा शुभकामना दिनुका साथै सम्मानका निमित्त आयोजकलाई धन्यवाद दिए ।
कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थी अनन्त मिश्रले गीत गाएका थिए भने साया सुवेदी र श्रेया पौडेलले नृत्य प्रस्तुत गरेका थिए ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल, इलाम झापा मैत्री समाजका उपाध्यक्ष नरेश कर्माचार्य, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोलालगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरुलाई वरिष्ठ उपाध्यक्ष कामना उप्रेतीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि संयोजक तिलोत्तमा खत्रीले प्रकाश पारेकी थिइन् । कार्यक्रम महासचिव लीला अनमोलले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति: कार्तिक १२ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend