Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमतीको हत्या गरी विदेश फरार रहेका गजेन्द्र अन्ततः समातिए

हाम्रो कोशी आवाज
कार्तिक १४ २०८१, बुधबार
श्रीमतीको हत्या गरी विदेश फरार रहेका गजेन्द्र अन्ततः समातिए

बिर्तामोडः मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको बताए ।
राई विसं। २०७८ मंसिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो ।
“हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो”, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, “कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।”
धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १४ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend