Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान बजारमा तिहारको चहलपहल र रौनक, थोरै सयपत्री फूल आउँदा मूल्य बढ्न सक्ने चिन्ता (२२ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक १४ २०८१, बुधबार
धरान बजारमा तिहारको चहलपहल र रौनक, थोरै सयपत्री फूल आउँदा मूल्य बढ्न सक्ने चिन्ता (२२ तस्वीर र भिडियोसहित)

धरानः नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रमझम धरानमा शुरु भएको छ । तिहार रङ्गीचङ्गी बत्ती, सयपत्री, मखमली र झिलिमिलीको चाड हो । तिहार नजिकिएसँगै धरान अहिले झिलिमिली छ ।
भोलि लक्ष्मीपूजा । धरान बजार गुल्जार बनेको छ । धरानका अधिकांश गल्ली अर्थात् मुख्य रोड छिरे भाइ मसलाको बासना आइसकेको छ । पाइलैपिच्छेका पसलहरूमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक देखिन्छन् । तिहारमा सबैभन्दा बढी मसलाको रुपमा प्रयोग हुने काजु, आल्मोन्ड, पिस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना र मिश्री हो ।
तिहार नजिकिएसँगै धरानका भानुचोक, सब्जीमण्डी, पुरानो बजार, नयाँ बजार, देशीलाइन, पुतलीलाइन, गुल्जार बनेको छ । ती ठाउँमा तिहारका लागि चाहिने नक्कली मखमली फूल, अण्डा, टिका तथा पूजाका सामान बिक्री तथा किनमेल धुमधामसाथ भइरहेको छ ।
तिहारमा लागि प्रयोग हुने अधिकांश मसला, पिस्ता, बदाम, ल्वाङ खरिद गर्ने पनि बढेका छन् । यस्तै, दैनिक उपभोग्य सामग्रीहरू चामल, घिउ, तेल, मैदा, भेली, टीकाको सामग्री, चिनीलगायतका उपभोग्य वस्तुहरूको खरिद बिक्री बढेको व्यवसायी बताउँछन् । यस्तै, तिहारमा उपाहार दिनका लागि उपहारका सामग्री, ढाकाका कपडा, फेन्सीहरूमा समेत ग्राहकको चहलपहल बढेको फेन्सी व्यवसायी संघका अध्यक्ष सन्दीप श्रेष्ठ बताउँछन् ।
‘यतिबेला सडकमै राखेपनि बिक्छ’, धरानको भानुचोक छेऊ सडकमा मसला बेचिरहेका समिता खातुनले भनिन्, ‘अन्य समय अरू सामानको व्यापार गर्नेहरूले पनि तिहारमा मसला नै बेच्ने गरेको यो वर्ष मात्र होइन, अघिल्ला वर्षहरूमा पनि त्यस्तो प्रचलन थियो ।’
तिहारको बेला सयपत्री र मखमली फूलको मालाको माग अत्याधिक हुने गर्दछ तर यसपटक मूल्य आकाशिने हो कि भन्ने चिन्तामा उपभोक्ताहरू रहेका छन् । एकातिर कृषकले कम फूल रोप्नु र थोरै मात्रै भित्रिने हुँदा मूल्य आकासिन्छ र उपभोक्ताहरू महङ्गीको मारमा पर्छन् । बजारमा पनि यसपटक खासै सयपत्री र मखमली फूल आइपुगेको छैन । यसपटक हेर्दा बजारमा एक–दुई स्थानमा बाहेक कहीँ कतै सयपत्री फूल देखिएको छैन । ‘यसपटक सयपत्री र मखमली फूल भित्रिएको छैन, त्यही भएर महङ्गीने सम्भावना बढेर गएको छ’, व्यवसायी सुजन श्रेष्ठले भने ।
यसपटक धरानमा आयातित नक्कली मखमली फूल पनि धेरै भित्रिएका छन् । सर्वसाधारणले बजारमा मखमली फूल एकातिर पाउन सकेका छैनन् भने पाएपनि महंगो नपाएपछि धेरैले आयातित नक्कली मखमली फूल प्रयोग गर्न बाध्य हुनुपरेको धरान–१९ की मनसरी लिम्बूले बताइन् ।
तहारको समयमा आफ्ना दाजुुभाइलाई उपहार दिने प्रमुख माध्यमको रूपमा परम्परादेखि नै टोपी प्रयोग हुने गरेको छ । ढाकाको टोपी, स्टाकोट, पछ्यौरी, लत्ताकपडालगायतका वस्तुहरू तिहारमा उपहारको रुपमा दिने गरिन्छ ।
तिहारमा नेपालीहरुले लक्ष्मीपूजा, गोवद्र्धन पूजा तथा भाइटिका मनाउँछन् भने नेवार समुदायले म्हःपूजा विशेष उत्सवका साथ मनाउने गर्छन् ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: कार्तिक १४ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend