Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कारमा मोटरसाइकल ठोक्किँदा तिलक राईको मृत्यु, शरण राई घाइते

हाम्रो कोशी आवाज
कार्तिक १७ २०८१, शनिबार
कारमा मोटरसाइकल ठोक्किँदा तिलक राईको मृत्यु, शरण राई घाइते

धरानः कारमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार उदयपुरको चौदण्डीगढी नगरपालिका २ माडीबास बस्ने ४३ वर्षीय तिलक राई रहेको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकलमा पछाडि सवार ३१ वर्षीय शरण राई गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइते शरणको हाल धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित मदन भण्डरी राजमार्गको सशस्त्र क्याम्प अगाडि (सातधारे) मा सो दुर्घटना भएको हो । गाईघाटबाट रामपुरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ५०६२ नम्बरको कारमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ८८४९ नम्बरको २२० सिसीको मोटरसाइकल ठक्कर खाइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईले जानकारी दिए ।
गम्भीर घाइते दुवैजनाको नगर अस्पताल वेल्टारमा उपचार भएको थियो । उपचारका क्रममा तिलकको मृत्यु भएको प्रहरीले जनाएको छ । घुमाउरो सडक भएका कारण दुर्घटना भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा संम्लग्न कार र चालक नुवाकोट बेलकोटगढी नगरपालिका-३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी चापागाईले बताए ।

प्रकाशित मिति: कार्तिक १७ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend