विराटनगरः मोरङको रंगेली नगरपालिका–८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।
कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा इँटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाइते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुरयाउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।