Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जेलबाट छुटेको दुई महिनापछि भीरमा भेटियो युवकको शव

हाम्रो कोशी आवाज
कार्तिक २५ २०८१, आइतबार
जेलबाट छुटेको दुई महिनापछि भीरमा भेटियो युवकको शव

संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिकामा एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ ।
चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो । चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताए । उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।
हत्यामा संलग्न भएको आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विकास जेलबाट २ महिनाअघि मात्रै छुटेको प्रहरीले जनाएको छ । उनी लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् ।
प्रहरीले गत २०८० मंसिर १७ गते खाँदबारी नगरपालिका–७ बाट पक्राउ परेका उनी व्यक्तिलाई आक्रमण एवम् कुटपिट गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने तथा लागूऔषध बिक्री जस्ता मुद्दामा १० पटक पक्राउ परिसकेको जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २५ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend