धरानः सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ ।
अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । भारतीय सीमा नाका तथा सीमा स्तम्भको अनुगमन, सीमा सुरक्षा, सीमा अपराध, स्थानीय जनताको पीडा लगायतका विषयमा अन्तक्रिया समेत भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार सुनसरी जिल्लासँग जोडिएको भारतीय सीमा नाका तथा सीमा स्तम्भको अनुगमन गर्नुका साथै स्थानीय जनप्रतिनिधिहरू र स्थानीयबासीसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत आयोजना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी तिवारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू भगवती दल गण इटहरीका निमित्त सेनानी चन्द्रकुमार आले, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिम्सिना, सशत्रस्त्र प्रहरी बल नेपाल न. ४ गण हेड क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका तुलसी कट्टेल, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बलका प्रमुख पशुपतिकुमार सिंह समेतको उपस्थितिमा ६ दिने सीमा गस्ती आयोजना भएको हो ।
सुनसरी बर्जु गाउँपाललिका वडा नं. ३ बाट दोस्रो सीमा पैदल यात्रा कार्यक्रम आयोजना भएको हो ।


