सुन आयात पनि घट्यो
पछिल्लो समय सुन आयात पनि निरन्तर घटिरहेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा झन्डै दुई अर्बको मात्रै सुन आयात भएको छ । जुन, अघिल्लो आवको सोही महिनाको तुलनामा २९.०८ प्रतिशतले कमी हो ।
अघिल्लो वर्षहरूमा सुन आयात निकै बढेको थियो । तर, पछिल्लो समय घट्दै गएको हो । गत वर्षको साउनमा पनि नेपालले २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ बढीको सुन आयात गरेको थियो ।
भन्सार विभागका अनुसार अघिल्लो आवको पहिलो महिनामा २६१ केजी बढी सुन आयात भएको थियो । तर, चालु आवको समीक्षा अवधिमा भने ४० केजीले घटेर २२१ केजी सुन मात्रै आयात भएको विभागले जनाएको छ ।