Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जंगली हात्तीले लखेटी लखेटी लियो ज्यान

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
जंगली हात्तीले लखेटी लखेटी लियो ज्यान

दमकः जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ।
गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले दिएको जानकारी अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धमाउन गएका भट्टराईलाई हात्तीले आक्रमण गरेको हो।
‘हात्तीले भट्टराईलाई एकसय मिटर जति लखेटेर उचालेर पछार्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो,’ डीएसपी चन्दलेभने, ‘अहिले इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।’
झापाका विभिन्न क्षेत्रमा जंगली हात्तीले स्थानीयलाई वर्सेनी दुःख दिँदै आएको छ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend