Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्र मन्दिरनजिकै कोशी नदी र कोकाहको दोभानदेखि एकजना बेपत्ता

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
बराहक्षेत्र मन्दिरनजिकै कोशी नदी र कोकाहको दोभानदेखि एकजना बेपत्ता

धरानः कोशी नदी र कोकाह खोलाको दोभानमा एक पुरुष बेपत्ता भएका छन् ।
पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शनिबार दिउँसो उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी हालसम्म भेटिएका छैनन् । बराहक्षेत्र–१ बराहक्षेत्र मन्दिरस्थित कोशी र कोकाहको दोभानमा तराई मूलको जस्तो देखिने ४५–५० वर्षको पुरुष पौडी खेल्न पुगेका थिए । पौडी खेल्दाखेल्दै उनी बेपत्ता भएको प्रहरी सहायक निरीक्षक बजारुलाल गच्छदारले जानकारी दिए ।
इप्रका महेन्द्रनगरबाट प्रहरी निरीक्षक विकास राईको कमान्डमा गोता खोर समेतको टोली खटी गई खोज तलास गर्ने क्रममा घटनास्थलमा रहेको पाइन्टको भित्री भागमा राजेश लेखिएको पाइएको तर उी नभेटिएको प्रहरीले जनाएको छ । हालसम्म पनि खोजतलास गर्दा कहीँ नभेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend