Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकले स्कुटीलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
ट्रकले स्कुटीलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु

झापामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका– २ स्थित रामचोककमा ना३ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिँदा झापाकै शिवसताक्षी–७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कटुवाल मे.१० प ६०१७ नम्बरको स्कुटरमा सवार थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी कटुवाललाई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँकी २८ वर्षीया सरिता राउत दुर्घटनामा सामान्य घाइते भएकी छन् । दुर्घटनापछि ट्रक चालक अर्जुनधारा–९ बस्ने ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend