Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा बसको ठक्करले छात्राको मृत्यु भएपछि बसमा आगजनी

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
इटहरीमा बसको ठक्करले छात्राको मृत्यु भएपछि बसमा आगजनी

यात्रुहरू भागे, बस पूर्णरूपले जलेर ध्वस्त

इटहरीः इटहरीको खनारनजिकै बसको ठक्करले एक छात्राको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१० खनारनजिकै शान्तिचौकमा छात्रा सम्झना यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा जनता मावि इटहरीमा कक्षा–९ मा अध्ययनरत १५ वर्षीया किशोरी सम्झनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती छात्रा साइकलमा सवार थिइन् ।
दुर्घटना गराएर भागेको बसलाई सुनसरी-मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्णरूपले जलेको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । दुर्घटना लगत्तै खनारक्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने कोशी राजमार्ग भएर गुड्ने सवारी साधनलाई प्रहरीले सुनसरी-मोरङ सिँचाई आयोजनाको नहर हुँदै बाइपास गरेर सञ्चालन गरेको छ । चालकलाई भने इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि यस क्षेत्रमा पटक-पटक सवारी दुर्घटना भइरहेका छन् । स्थानीयले यस क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको माग गर्दै आएका छन् । -थप तस्वीरहरू अपडेट

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend