Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बहुभाषिक पाठशालाको वार्षिकोत्सवमा सांसद सुहाङ नेम्वाङदेखि चर्चित गायिका रचना रिमालसम्म आउने

हाम्रो कोशी आवाज
मंसिर ४ २०८१, मंगलबार
बहुभाषिक पाठशालाको वार्षिकोत्सवमा सांसद सुहाङ नेम्वाङदेखि चर्चित गायिका रचना रिमालसम्म आउने

धरानः इलामको चुलाचुली गाउँपालिकास्थित कमलमा सांसद् सुहाङ नेम्वाङदेखि चर्चित गायिका रचना रिमालसम्मको उपस्थितिमा भव्यरूपमा वार्षिकोत्सव मनाउने तयारी थालिएको छ ।
नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको अनुयायीहरूले यस्तो कार्यक्रम राखेका हुन् । वर्षेनी यस्तो कार्यक्रम फल्गुनन्द नोमाङ्गेना संघले आयोजना गर्दै आएको छ । फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ इलामले वर्षेनी मङ्सिर १० गते जन्मजयन्ति साथै अन्य विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

यही आउँदो मङ्सिर १० गते सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव तथा तेस्रो पुस्ताका धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी थालिएको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेम्वाङले सो कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा जन्मजयन्तिसँगै मानव जातिकै माङ्गेना चोत्लुङ (शिर उठाउनी, ग्रहशान्ति) पनि आयोजना गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । अध्यक्ष तुम्बापोले कार्यक्रममा चर्चित गायिका रचनाको विशेष प्रस्तुति साथै अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए । उनले वार्षिकोत्सवका साथै कार्यक्रममा सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रम राखिएको जानकारी दिए ।

२०६९ सालदेखि नियमित कार्यक्रम गर्दै आएको बताउँदै उनले यस वर्ष पनि एसईई र भाषामा चुलाचुली प्रथम र सिर्जनशील पत्रकारिता पुरस्कार, कला, साहित्य संगीतको विधामा नगदसहित पुरस्कृत र दाताहरूलाई सम्मान गरिने कार्यक्रम रहेको बताए ।
सङ्घले महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अङ्गीकार गर्दै आएको छ ।
भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा सङ्घको जन्म भएको थियो ।

२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो । संस्थाको मुख्य उद्देश्य नेपालका १६ औं राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु भएको अध्यक्ष तुम्बापो बताउँछन् ।
यसअघि संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन भएको थियो । यस्तै, २०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको पूर्ण कदको शालिक अनावरण, दाताहरूलाई सम्मानलगायतको कार्यक्रम राखिएको थियो ।
फल्गुनन्द, लाफयङ बहुभाषिक पाठशाला एक चिनारी
नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले भनेभै ‘भाषा हराए लिपि हराउँछ, लिपि हराए जाति हराउँछ, जाति हराए इतिहास हराउँछ र इतिहास हराए आपूm हराइन्छ ।’ वास्तवमा भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा सङ्घको जन्म भयो ।
२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना ग¥यौँ । २०७० सालमै संस्था दर्ता गर्ने निर्णय ग¥यौँ । संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ’ राखेर जिल्लामा संस्था दर्ता ग¥यौँ । यस संस्थाको मुख्य उद्देश्य नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु हो । नेपालका राष्ट्रिय विभूतिको सम्मानमा हामीले बहुभाषिक पाठशाला स्थापना गर्ने उद्देश्य राख्यौँ ।
संस्थाको आर्थिक अवस्था ज्यादै कमजोर थियो र कहीँ कतैबाट पनि आर्थिक सहयोग आउने स्रोत नभएकाले दीपावाली र बलिहाङ तङनामको अवसरमा बहुभाषिक पाठशाला स्थापनाका लागि सहयोग जुटाउन २०७१ सालबाट बहुसांस्कृतिक देउसी नाचको आयोजना गर्न थाल्यौँं । मुख्य दुईवटा उद्देश्यका साथ बहुसांस्कृतिक देउसी नाचको आयोजना गर्दै आएका छौँ । प्रथम त बहुभाषिक पाठशालाको भवन निर्माणको सहयोगार्थ, दोस्रो– नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिकका साथै बहुसांस्कृतिक राष्ट्र भएकोले नेपाल र नेपालीहरूको मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले २०७१ सालदेखि हरेक वर्ष दीपावलीको उपलक्ष्यमा बहुसांस्कृतिक देउसी नाचको आयोजना निरन्तर गरिरहेका छौँ ।

२०७१ सालको देउसी नाचबाट उठेको केही सहयोग, केही मनकारी महानुभावहरूबाट प्राप्त आर्थिक सहयोग र कमल सामुदायिक वनबाट प्राप्त निःशुल्क काठहरूबाट हामीले दुईकोठे भवन निर्माण गर्ने निर्णय ग¥यौँ । संस्थाको जग्गा–जमीन नभएकोले संस्थापक अध्यक्ष डम्बरकुमार तुम्वापोले बहुभाषिक पाठशालाका लागि रु. ३००,०००।– बराबरको २० धुर जग्गा प्रदान गरेका थिए । र बाटोका लागि पुनः ५० धुर गरेर जम्मा रु.१२ लाख बराबरको ७० धुर जग्गा दान गरेँ । त्यसैगरेर चुलाचुली गाउँपालिका वडा नं. १ निवासी ओमकुमार तुम्बापोले रु. ६ लाख बराबरको ३० धुर जग्गा दान गर्नुभयो । त्यसैगरी नै पाँचथरको मिक्लाजोङ कृषि कम्पनि प्रालिले रु. १ लाख बराबरको १० धुर जग्गा, चुलाचुली गाउँपालिका वडा नं. १, कमल निवासी तान्छोहाङ आङ्देम्बेले रु. १ लाख बराबरको १० धुर, देउचन्द्र तुम्बापोले रु. १,१०,००० बराबरको २० धुर जग्गा, नरेन्द्र तुम्बापोले रु. २ लाख बराबरको २० धुर जग्गा, स्व. चन्द्रकला (राई) तुम्बापोले रु. २ लाख बराबरको २० धुर जग्गा, हिल्लीहाङ तुम्बापोले रु. २ लाख बराबरको २० धुर जग्गाका साथै मोरङको टाँडी हात्तीमारा निवासी दिलकुमारी (तुम्बापो) नेम्बाङले रु. ३ लाख बराबरको २० धुर जग्गा दान गरिसक्नुभएको छ । यसरी, अहिलेसम्म बहुभाषिक पाठशालालाई जम्मा १७० धुर जग्गा दान भइसकेको छ ।
दाताहरूले दान गर्नुभएको स्थानमा २०७२ सालमा बहुभाषिक पाठशालाको दुईकोठे भवन निर्माण ग¥यौँ । त्यही साल मङ्सिर १० गते किरात धर्म संरक्षक गुरु लाफयङको उपस्थितिमा संविधानसभाका तत्कालीन अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको बाहुलीबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन सम्पन्न ग¥यौँ । समुद्घाटन कार्यक्रममा बहुभाषिक पाठशालाका जग्गादाताहरूका साथै आर्थिक सहयोग दाताहरूलाई सम्मान गरियो ।

पाठशालाको औपचारिक उद्घाटनपश्चात् पठनपाठन शुरु भयो । प्रारम्भिक अवस्थामै विभिन्न जातजाति र भाषाभाषीका जम्मा ८६ जना बच्चाहरू पाठशालामा भर्ना भए । बहुभाषिक पाठशाला भएकोले सबै जातजातिका भाषाको ब्उिजबदभत (वर्णमाला) खोजी गरी निःशुल्क रूपमा अध्ययन–अध्यापन गराउन शुरु ग¥यौँ । पाठशालामा पठनपाठन निरन्तर गर्नुपर्ने, हरेक वर्ष वार्षिकोत्सव कार्यक्रम पनि सम्पन्न गर्नुपर्ने, पाठशालाका शिक्षक–शिक्षिका र कर्मचारीहरूलाई पारिश्रमिक पनि दिनुपर्ने जस्ता विविध कारणले गर्दा अनेक कठिनाइहरू आए । यस्ता कठिनाइ र समस्याका कारण हरेक वर्षको दीपावलीमा बहुसांस्कृतिक देउसी कार्यक्रमको आयोजना गर्नैपर्ने विवशता हामीमा थियो र छ पनि । सबै प्रकारका आरोह–अवरोह पार गर्दै २०७३ सालमा पनि बहुसांस्कृतिक देउसी कार्यक्रमको आयोजना ग¥यौँ किनभने संस्थाको आम्दानीको मुख्य स्रोत भनेकै यही मात्र थियो । यस्तै कठिनाइलाई सामना गर्दै हामीले २०७३ साल मङ्सिर १० गते पाठशालाको प्रथम वाषर््िाक उत्सव तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
फल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ र बहुभाषिक पाठशालाले शैक्षिक, सामाजिक र सांस्कृतिक पक्षको जगेर्ना गर्ने अभियानलाई निरन्तर जारी राखेका छन् । यो संस्था र बहुभाषिक पाठशाला विशुद्ध समाज र राष्ट्रप्रति समर्पित छ तर पनि अहिलेसम्म नेपाल सरकारबाट कुनै ठोस सहयोग यस संस्थालाई प्राप्त भएको छैन । यो वर्ष चाहिँ २०७४ को वार्षिक बजेटबाट चुलाचुली गाउँपालिकाले भवन निर्माण प्रयोजनका लागि भनेर रु. ४ लाख दिने घोषणा गरेको छ । आजसम्म जेजस्तो अवस्थामा यो संस्था छ, संस्थाका पदाधिकारीहरूको निरन्तर परिश्रम, त्याग, तपस्या र स्थानीयवासीको निस्वार्थ सहयोग र समर्पण तथा देश–विदेशमा रहेका मनकारी व्यक्तिहरू र केही सङ्घ–संस्थाहरूको सहयोगले गर्दा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवसम्म आइपुग्यौं । बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर राष्ट्रप्रमुख नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू आउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूको बाहुलीबाट नेपालका १६ औँं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको पूर्ण कदको शालिक अनावरण, दाताहरूलाई सम्मान, फल्गुनन्द लाफयङ सृजनशील पत्रकारिता पुरस्कार, राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका सच्चा अनुयायी किरात धर्म संरक्षक गुरु लाफयङको ७५ औँ नोमाङ्गेन्नाका साथै सकल प्राणीको रक्षार्थ विश्वमा शान्ति स्थापना होस् भनी कामना गर्दै चराचर सम्पूर्ण प्राणीको माङ्गेन्ना सेवा गरियो ।
बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रममा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएकोमा हामीलाई गर्वको महसुस भएको छ । वास्तवमा सम्माननीय राष्ट्रप्रमुख राष्ट्रपतिज्यूले बहुभाषिक पाठशालाप्रति चासो राख्नु नै हाम्रा लागि पहिलो ऐतिहासिक कार्य हो । हामी उहाँप्रति कृतज्ञता र आभार व्यक्त गर्न चाहन्छौँ । साथै, हामीलाई विश्वास छ– अब राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका साथै उहाँकै स्मृतिमा स्थापित बहुभाषिक पाठशालाको माङ्गेन्ना फक्ताङलुङ र सगरमाथाभैm सधैं उच्च र अटल रहने छ । यसरी नै, नेपाल सरकार, राष्ट्रप्रमुख, सबै क्षेत्र र व्यक्ति तथा सङ्घ–संस्थाहरूबाट सहयोग, सल्लाह र प्रेरणा मिलेमा फल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घको दीर्घकालीन उद्देश्य फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालालाई बहुभाषिक, बहुसांस्कृतिक विश्वविद्यालयमा रूपान्तरण गर्ने उद्देश्य पूरा हुनेछ ।

प्रकाशित मिति: मंसिर ४ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend