धरानः सुनसरीमा स्कारपियोको ठक्करले एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिटी चालक रामधुनी–९ बस्ने ३६ वर्षीया सोनियाकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
रामधुनी–२ शिवचोकमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ख४३१५ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको युपि १६ इके १९८९ नम्बरको भारतीय स्कारपियोले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करपछि चौधरी घाइते भई उपचारको लागि स्थानीय ओमसाई अस्पताल झुम्कामा पठाइएकोमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कारपियो चालक भारत विहार सितामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरूद्र सुढी प्रहरी नियन्त्रणमा छन् । इलाका प्रहरी कार्यालय पकली सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।