Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

म्याजिक भ्यानले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा धरानमा उपचारका क्रममा श्रीमान–श्रीमतीको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ९ २०८१, आइतबार
म्याजिक भ्यानले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा धरानमा उपचारका क्रममा श्रीमान–श्रीमतीको मृत्यु

धरानः सुनसरीको इटहरीमा फेरि दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
आज दिउँसो म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी विनोद घिमिरेले जानकारी दिए ।
दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको उनले जानकारी दिए । कामको सिलसिलामा इनरुवाबाट इटहरीतर्फ फर्किने क्रममा म्याजिक भ्यानले ठक्कर दिएको हो ।
इटहरी–१७ बालग्राम चौकमा को३६प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा सवार रहेका उनीहरू सवार मोटरसाइकलमा ठक्कर दिएपछि गम्भीर घाइते भएका उनीहरूलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र उपचारका क्रममा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने म्याजिक भ्यानसहित चालक फरार छन् । घटनास्थलको सीसी क्यामेरा हेरेर घटनामा संलग्न म्याजिक र चालकको खोजी भइरहेको र पहिचान समेत भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ९ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend