धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी व्यवहारिक ज्ञान सिक्न अवलोकन भ्रमणमा निस्किएका छन् ।
धरान–६ पानबारीस्थित ‘फोहोर प्रशोधन केन्द्र’ मा विद्यार्थी गएका हुन् । फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने गरी धरान–६ पानबारीमा निर्माण गरिएको सो स्थानमा पुगेर विद्यार्थीले व्यवहारिक ज्ञान सिकेको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘विशेषतः हामी किताबी ज्ञानमात्रै दिँदैनौं, व्यवहारिक ज्ञान पनि दिँदै आएका छौं, व्यवहारिक ज्ञान सिक्न विद्यार्थीहरु केन्द्रमा पुगेका हुन् ।’
किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि सिकाउने उद्देश्यले प्रशोधन केन्द्रको भ्रमण गराइएको उनले जानकारी दिए । अवलोकनका लागि पुगेका विद्यार्थीले विभिन्न जिज्ञासा राखेको सेकेण्डरी लेवलका अंग्रेजी शिक्षक हेमन्तमणि दाहालले जानकारी दिए । कक्षा–९ का १ सय ८ जना विद्यार्थी अवलोकन भ्रमणमा पुगेको उनले जानकारी दिए । ‘कतिपय विद्यार्थी स्वास्थ्य समस्याका कारण उपस्थित हुन सक्नुभएन’, उनले भने, ‘१ सय ८ जना विद्यार्थी भने प्रत्यक्ष सहभागी भएका छन् ।’
कक्षा–९ का सामुयल कोइरालाले ग्याँसबाट टेम्पो चल्ने साथै फोहोरलाई प्रशोधन गरेर ग्याँस समेत कसरी उत्पादन हुँदो रहेछ भनेर प्रत्यक्ष हेर्न पाउँदा गौरवको महसुस गरेको बताए । उनले पेट्रोलको विकल्पमा फोहोरबाटै ग्याँस उत्पादन हुनु नै ठूलो कुरा भएको बताए । उनले यहाँ आइपुग्दा किताबमा मात्रै पढ्ने गरेको ज्ञान बटुल्न पाएको समेत बताए ।
धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरिएको भेन्चर वेष्ट टु इनर्जीका प्रविधि प्रमुख हरि उप्रेतीले विद्यार्थीलाई जानकारी दिए । सो केन्द्रबाट उत्पदित जैविक ग्याँसलाई शुद्धिकरण गरी कम्पोज नेचुरल ग्याँसको रुपमा धरानमा रहेका तीनपाङ्ग्रे सवारी साधन (टेम्पो) मा प्रयोग हुन थालेको उनले जानकारी दिए । धरानमा हाल २५ वटा टेम्पो सञ्चालनमा ल्याउन सफल भएको उनले जानकारी दिए ।
भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । प्रशोधन केन्द्र धरान उपमहानगरपालिका र प्रालिबीच धरानको फोहर मैला व्यवस्थापनको लागि सम्झौता भएर सञ्चालनमा आएको हो । २१ वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र सञ्चालन भइरहेको छ । हाल कम्पनीले पानबारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट सञ्चालनमा ल्याएदेखि हालसम्म २७ करोड बढी लगानी भइसकेको कम्पनीका प्रविधि प्रमुख उप्रेतीले जानकारी दिए । नेपालकै पहिलो शहरी फोहोर व्यवस्थापनमा निजी सार्वजनिक साझेदारी अवधारणाअनुसार निजी क्षेत्रबाट स्थापित आयोजना हो । प्रशोधन केन्द्रमा भने दैनिक ५० मेट्रिक टनसम्म फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता भएपनि त्यो सम्भव भइरहेको छैन । धरानमा दैनिक २० देखि २२ टन फोहोर उत्पादन हुने अनुमान छ ।
नेपालकै पहिलो शहरी फोहोर व्यवस्थापनमा निजी सार्वजनिक साझेदारी अवधारणाअनुसार निजी क्षेत्रबाट स्थापित आयोजना हो । हालसम्म धरान नगरको फोहर संकलन गरेर चारकोशे जंगल नजिकै सेउती खोला किनारमा अस्थायी व्यवस्थापन गर्ने गरिएको छ । केन्द्र शु्रु भए पछि फोहर व्यवस्थापनमा भोग्नु परेको समस्याहरू, वाधा र विरोधलाई सजिलै समाधान गर्न सकिने भनिएपनि हाल खोला किनारमै फोहोर असरल्ल छरिएको देख्न सकिन्छ ।
प्रशोधन केन्द्रमा भने दैनिक ५० मेट्रीक टनसम्म फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता भएपनि त्यो सम्भव भइरहेको छैन । धरानमा दैनिक २० देखि २२ टन फोहोर उत्पादन हुने अनुमान छ ।
तस्वीरहरूः हाम्रो कोशी आवाज



































