Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लहरीको ठक्करले धरानका युवाको मृत्यु, सातदिनमै ८ जनाले ज्यान गुमाए

हाम्रो कोशी आवाज
मंसिर ११ २०८१, मंगलबार
लहरीको ठक्करले धरानका युवाको मृत्यु, सातदिनमै ८ जनाले ज्यान गुमाए

धरानः मोरङको पथरीमा दुर्घटना हुँदा धरानका एक युवाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे वडा नम्बर १ सडकखण्डमा सोमबार राति करिब ७ बजे भारतीय लहरीको ठक्करले धरानका युवाको मृत्यु भएको छ । मोरङका डिएसपी वेद जोशीले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धरान–११ का २५ वर्षीय टार्जन राई रहेको उनले जानकारी दिए । बेलबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको १–००२–०४०प ६०२५ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
राईको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।
साँघुरो सडकका कारण तीब्र गतिमा रहेको लहरीले मोटरसाइकलमा ठक्कर दिँदा उछिटिएपछि लहरीले पेल्न पुगेको थियो । पेल्दा उनको टाउकोको भाग समेत उछिटिएको थियो भने शरीरका केही भाग मात्रै बाँकी थियो ।
भारतीय लहरी र चालक ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
हाल पूर्व–पश्चिम लोकमार्ग विस्तारका क्रममा दुवैतर्फ काम भइरहेको छ । सडक साँघुरो भएका कारण पछिल्लो एक सातायता उर्लाबारी–पथरी सडक खण्डमा ८ जनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ११ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend