Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रहरीले हजारको नक्कली नोट भेटेपछि दुईजनालाई समायो

हाम्रो कोशी आवाज
मंसिर ११ २०८१, मंगलबार
सुनसरीमा प्रहरीले हजारको नक्कली नोट भेटेपछि दुईजनालाई समायो

सांकेतिक तस्वीर

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र सुन्दरहरैंचा मोरङका २० वर्षीय सन्देश उराव रहेका छन । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको छ ।
लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा सो नोट नक्कली रहेको शंका लागेर पसलेले तत्काल प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट २ थान र सामान किनेको दुईवटा पसलबाट १–१ थान एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट बरामद गरेको थियो ।
नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ११ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend