Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले एकैखलामा ५० मुरी धान फलाए, उनलाई वडाको सम्मान

हाम्रो कोशी आवाज
मंसिर ११ २०८१, मंगलबार
जसले एकैखलामा ५० मुरी धान फलाए, उनलाई वडाको सम्मान

तस्वीरः कृष्णराज शाक्य

धरानः जसले एकैखलामा ५० मुरी धान फलाए, उनै किसानलाई नगदसहित सम्मान गर्दै पुरस्कृत गरिएको छ ।
संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ मा यस्तो नौलो र सुखद प्रयास थालिएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
आ.व ०८१–०८२ बाट विनियोजित बजेट शीर्षकअन्तर्गत एकैखलामा सबैभन्दा बढी धान उत्पादन गर्ने किसानलाई वडा नं ६ ले यसरी सम्मानसहित नगद २० हजार दिएर पुरस्कृत गरेको हो । तल्लो बाझे खेतमा कृषक सलबहादुर कार्कीले एकैखलामा ५० मुरी भन्दा बढी धान फलाएका थिए ।
५० मुरीभन्दा बढी धान फलाउने किसानलाई पुरस्कृत गर्दै यस्तो प्रयास थालिएको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । जनप्रतिनिधि र कर्मचारी किसानका खला–खेतमै पुगेर धानको लेखाजोखा गरेका थिए । खेतमै पुगेर उनीहरूले किसानलाई सम्मान गरेका हुन् । ‘वडाले धान फलाउने किसानलाई नगदसहित पुरस्कार दिन थालेको हो, उनले भने, ‘यसले किसानलाई थप हौसला मिल्ने ठानेका छौं ।’
धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंसिर ११ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend