Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोलेरोको ठक्करले मोटरसाइकल चालकको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १२ २०८१, बुधबार
बोलेरोको ठक्करले मोटरसाइकल चालकको मृत्यु

बिर्तामोडः पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका–१ कमल पुलस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र बिपरित दिशाबाट जाँदैं गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ८ का ३५ वर्षीय ललितबहादुर थापा घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएर उपचार भइरहेकोमा उपचारको क्रममा आज बिहान करिब साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोलेरो र चालक मेचीनगर नगरपालिका वडा नं ८ बस्ने ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend