इटहरीः सुनसरीमा भनेजस्तो पैसा दिन्छु भन्दै ललाइफकाइ चार बालिका भारततर्फ लैजाँदै गर्दा एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १२ का २६ वर्षीया सनोज सदा रहेका छन् ।
इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं. ८ भान्टाबारीमा प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा उनीहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारततर्फ लगेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाले ती बालिकाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ ।
पक्राउ परेका सदालाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।