Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्रक छाडेर भागेपछि प्रहरीले चेकजाँच गर्दा ३४० किलो गाँजा फेला, चारजना समातिए

हाम्रो कोशी आवाज
मंसिर १८ २०८१, मंगलबार
सुनसरीमा ट्रक छाडेर भागेपछि प्रहरीले चेकजाँच गर्दा ३४० किलो गाँजा फेला, चारजना समातिए

धरानः सुनसरीमा प्रतिबन्धित गाँजासहित चारजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीले शंका लागेर चेकजाँच गर्दा चालकले तत्कालै ट्रक छाडेर भागेका थिए । प्र. १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई रोक्न खोज्दा चालक ट्रक छाडी भागी फरार भएको र शंका लागेर ट्रकमा खानतलासी गर्दा पछाडिपट्टि डालाको भागमा फलामको पाताले वेल्डिङ गरी बक्स आकारको फल्स बटम बनाइ लुकाई लैजाँदै गरेको अवस्थामा ११ वटा बोरामा ३४० किलोग्राम लागू औषध गाँजा फेला परेको उनले जानकारी दिए ।
सुनसरीको कोशी गाँउपालिका वडा नं. ७ हरिपुरबाट पश्चिमतर्फ जाँदै गरेको सो ट्रकमा गाँजा फेला परेसँगै घटनामा तत्काल फरार रहेका प्रतिवादीहरूको सम्बन्धमा सुक्ष्मरूपमा अनुसन्धान गर्दा ट्रक धनी तथा चालक धनकुटाको शहिदभूमी गाँउपालिका वडा नं. ४ पिप्लेडाँडा बस्ने ३० वर्षीय जयप्रकाश राईलाई पक्राउ गरिएको हो ।
उनको बयानको आधारमा पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा ६ बस्ने २२ वर्षीय समीर राई, सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ बस्ने २२ वर्षीय रूपेश यादव र कोशी ८ का २५ वर्षीय भक्ति भन्ने विहारी मुखियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १८ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend