मोरङः टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ ।
स्कुटीलाई टिपरले ठक्कर दिँदा स्कुटी चालक पथरी शनिश्चरे–३ हसन्दह बस्ने ४४ वर्षीय एमबहादुर रायमाझी मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राति सुन्दरहरैंचा–९ सलकपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ आउँदै गरेको प्र १–०२–०५४ प ३५५८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना७ख ३२२३ नम्बरको टिपरले ठक्कर दिई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रायमाझीको शरीरको विभिन्न भागमा चोट लागेर उपचारको लागि नोवेल अस्पताल विराटनगर ल्याएको र चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टिपर चालक सुन्दरहरैचा–४ बस्ने ४४ वर्षीय देवकुमार खुलाल मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । टिपर तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, आइतबार करिब ४ बजे विराटनगर–७ हाटखोला बसपार्क स्थित विराटनगर रंगेली पक्कि सडक खण्डमा पश्चिमबाट पूर्व जाँदै गरेको को१ख ३४८० नं. को ट्रकले पैदल यात्री तत्काल नामथर नखुलेको करिब ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।