Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा बाबुछोरासहित चारजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ३० २०८१, आइतबार
दुर्घटनामा बाबुछोरासहित चारजनाको मृत्यु

धरानः सुनसरीमा सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी–९ का ५० वर्षीय पुरण चौधरी रहेको प्रहरीले जनाएको छ । रामधुनी–९ डुम्राहा टोलमा प्र१–०२–००४ह १४८१ नम्बरको सिटी सफारीमा आफ्नै खेतबारीबाट धान ओसार्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।
यस्तै, मोटरसाइकल अनियन्त्रित हुँदा दुईजनाको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट पक्की सडक खण्डमा विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश१–०४–००२प १९०१ नं. १५० (सिसी) को मोटरसाइकल अनियन्त्रित भई नहरको पुलमा ठक्कर खान पुगेको थियो ।
दुर्घटनामा चालक कटहरी गाउँपालिका १ बस्ने २२ वर्षीय आशिक मरिक, पछाडि सवार निजको बुबा ४५ वर्षीय उमेश मरिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उता झापामा बसले सिटी सफारीलाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
झापा कमलगाउँपालिका ५ ज्योतिचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुबाहक बसले प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा कार बाटोदेखि तल झरेको र सोही बसले बिर्तामोडबाट दमकतर्फ आउँदै गरेको डब्लुबी७४ ए एक्स २८२९ नम्बरको कार र सोहि दिशातर्फबाट आउँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई ठक्कर दिई दुर्घटना भएको हो ।
दुर्घटनामा सफारी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय ती पुरुषको हालसम्म नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ३० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend