Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको पछाडि ठोक्किँदा र ट्रकले च्यापिएर मृत्यु, धरानका युवा गम्भीर घाइते

हाम्रो कोशी आवाज
पुष २ २०८१, मंगलबार
ट्रकको पछाडि ठोक्किँदा र ट्रकले च्यापिएर मृत्यु, धरानका युवा गम्भीर घाइते

धरानः मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका ९ बालुबारी बस्ने २६ वर्षीय स्वाचन ऋषिदेव रहेको प्रहरीले जनाएको छ । रंगेली अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका ९ भेरुवाथानस्थित रंगेली–विराटनगर पक्की सडक खण्डमा रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना३ख ९९०४ नम्बरको ट्रकमा स्टार्ट बन्द भई रोकिएको अवस्थामा रंगेलीबाट डाइनिया जाँदै गरेको मे४प १८२३ नम्बरको (१०० सिसी) मोटरसाइकल ट्रकको पछाडि ठोक्किन पुगेको र मोटरसाइकल ट्रकको मुनि छिर्न गई दुर्घटना हुन पुगेको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । उता, इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका–३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए ।
‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिएको पाइयो’ जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने । उनको आज बिहान ५ बजे मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।
यसैबीच तीब्र गतिमा हुइँकिएको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा धरानका एकजना युवा गम्भीर घाइते बनेका छन् ।
स्कुटी चालक धरान–११ का ३३ को विशाल केसी गम्भिर घाइते बनेको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी–२० पानिपियास्थित जंगलमा पर्ने कोशी लोकमार्गमा धरानबाट इटहरी जाँदै गरेको प्र १–०२–०४२ प ८०४७ नम्बरको स्कुटी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । -अपडेट

प्रकाशित मिति: पुष २ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend