Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिले लिँदै ज्यान, सुनसरीमा कार र ट्याक्टरको ठक्करले दुईजनाको मृत्यु, मोटरसाइकल दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
पुष ४ २०८१, बिहिबार
तीब्र गतिले लिँदै ज्यान, सुनसरीमा कार र ट्याक्टरको ठक्करले दुईजनाको मृत्यु, मोटरसाइकल दुर्घटनामा मृत्यु

धरानः तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्दो मात्रै छैन ज्यान समेत जाने गरेको छ ।
सुनसरीमा कारले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुहबी–८ जुटमिल अगाडि कोशी लोकमार्गमा दुहबी बाट इटहरीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२७ च ०४८२ नम्बरको कारले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको पैदलयात्री ४५ वर्षीय गणेश गुप्तालाई ठक्कर दिन पुगेको थियो । उनको विराट टिचिङ अस्पताल विराटनगरमा पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कार चालक मोरङको सुन्दरहरैंचा–३ बस्ने २४ वर्षीय रामनाथ जोगी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीमै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु छ ।
इटहरी–१३ काली मन्दिरस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १–०२–०४८ प ३४९७ नम्बरको (१२५ सिसी) मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्र १–०१–००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घटना हुँदा चालक मोरङको रंगेली–६ बस्ने ४३ वर्षीय बलराम सरदार रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बनेका उनको विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दुहबी–१० बस्ने २३ वर्षीय अभिराम माझी प्रहरीको नियन्त्रणमा छन् । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
झापा मेचीनगर–८ मकरेचौक स्थित भित्री पक्की सडकखण्डमा इँटाभट्टादेखि नकलबन्दातर्फ जादै गरेको मे७प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर–६ बर्मेली टोल बस्ने ३४ को दिवश प्रधानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पनि तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend