Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पुस २० गते सार्वजनिक विदा, रंगशालामा धरान उत्सवको तयारी, उत्सवमा के के कार्यक्रम हुनेछन् ?

हाम्रो कोशी आवाज
पुष ५ २०८१, शुक्रबार
धरानमा पुस २० गते सार्वजनिक विदा, रंगशालामा धरान उत्सवको तयारी, उत्सवमा के के कार्यक्रम हुनेछन् ?

धरानः धरानमा पाँच दिनसम्म ‘धरान उत्सव’ मनाइने भएको छ ।
धरान डे अर्थात् धरानको उपमहानगरपालिकाको जन्मदिनका अवसरमा सार्वजनिक विदा समेत दिएर पाँचदिनसम्म उत्सव मनाउन लागिएको शुक्रबार कार्यपालिका बैठक कक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर हर्कराज राई साम्पाङले जानकारी दिए । पुस २० गतेदेखि २४ गतेसम्म विविध कार्यक्रमका साथ धरान डे लाई उत्सवका रुपमा मनाउन लागिएको उनले जानकारी दिए ।
पुस २०, २१, २२, २३ र २४ गतेसम्म यो उत्सव आयोजना हुन लागेको धरान उत्सव धरान–१६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमा आयोजना हुनेछ ।
धरान डे उत्सव आयोजना गर्न मेयर साम्पाङ संयोजक र उपमेयर अइन्द्रविक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।
धरान डे अवसरमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिनेछ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ ।
यसपटक पुस २४ गतेसम्म उपमहागनरपालिकाले धरान डे मनाउनेछ भने त्यसपछि सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रम पनि आयोजना हुने भएको छ । धरान डेमा प्रवेश निःशुल्क हुने साथै स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने जनाइएको छ । कार्यक्रममा रोटेपिङ, बालबालिका रमाउने सामग्री पनि यसपटक राखिने भएको छ । ‘नगरबासीबाट कर मात्रै संकलन गर्ने र नाफा कमाउने भन्ने हाम्रो उद्देश्य पटक्कै होइन’, पत्रकार सम्मेलनमा मेयर साम्पाङले भने, ‘धरानबासीलाई मनोरञ्जन दिलाउने हाम्रो लक्ष्य हो ।’
उत्सवमा के के कार्यक्रम हुनेछन् ?

प्रकाशित मिति: पुष ५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend