Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तेह्रथुममा शनिबार बिदा मनाउन पुगेका शिक्षिका र छात्राको टिकटक बनाउने क्रममा झरेर मृत्यु

हाम्रो कोशी आवाज
पुष ६ २०८१, शनिबार
तेह्रथुममा शनिबार बिदा मनाउन पुगेका शिक्षिका र छात्राको टिकटक बनाउने क्रममा झरेर मृत्यु

धरानः शनिबारको बिदा मनाउन साथीहरूसँग पुगेका शिक्षिका र विद्यार्थीको टिकटक बनाउने क्रममा खोलामा खसेर मृत्यु भएको छ ।
टिकटक बनाउने क्रममा स्थानीय गौखुरी माविकी शिक्षिका र सोही स्कुलकी छात्राको मृत्यु भएको प्रहरीले जनाएको छ । । टिकटक बनाउँदै गर्दा मेन्छ्यायेम गाउँपालिकाको खोरुङगामा उनीहरू शनिबार दिउँसो खसेका थिए । उनीहरु शनिवार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए।

गौखुरी माविमा कार्यरत नर्स शिक्षिका रविना राजवंशी र कक्षा ७ मा अध्ययनरत् १२ वर्षीया सुस्मिता भट्टराईको मृत्यु गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए ।
उनीहरू टिकटक बनाउने क्रममा खोरुङगा खोलाको खोंचमा खसेका थिए । खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको अध्यक्ष खापुङले जानकारी दिए । ‘खासमा उहाँहरू पौडी खेल्न त्यहाँ पुगेका रहेछन् तर टिकटक बनाउँदै गर्दा खोलाको खोंचमा खसेको पाइयो’, उनले भने, ‘उनीहरूको घटनास्थलमै मृत्यु भएको पाइयो ।’
प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङका अनुसार खोरुङ्गा खोलामा पौडी खेल्न पुगेको र टिकटक बनाउँदै गर्दा खोलामा खोंचमा खसेका उनीहरूको घटनास्थलमै मृत्यु भएको र मृतकको शव खोंचबाट निकालिएको छ ।

प्रकाशित मिति: पुष ६ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend