Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित समातिए

हाम्रो कोशी आवाज
पुष ९ २०८१, मंगलबार
सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित समातिए

धरानः सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
घरमा लुकाइछिपाइ राखेको ठूलो चाइनिज पेस्तोल एकथान, सो को म्यागजिन थान–१ र गोली २ राउण्डसहित भोक्रा नर्सिङ गाउँपालिका–२ समशेर आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
भोक्राहा नर्सिङ गाउँपालिका–२ अकाहा बजार बस्ने खुर्सित आलमको घरमा छापा मारी चाइनिज पेस्तोलसहित उनलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा खुर्सित आलमको घरमा छापामारी प्रहरीले उनलाई अवैध हतियार पेस्तोलसहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले खुर्सित आलम फरार रहेकाले खोजी जारी राखेको छ ।
आलमको साथबाट एकथान अत्याधुनिक चाइनिज पेस्तोल, पेस्तोलको म्यागजन एकथान र २ वटा गोली बरामद गरिएको छ । उनले घरको पुरानो भान्छा कोठाको टिनको छानामुनी काठको चौकोसमा कालो प्लास्टिकमा लुकाइ पेस्तोल राखेको पाइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को हात हतियार खजाना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले बताए ।

प्रकाशित मिति: पुष ९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend