Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा घुम्न निस्किएका १० जना घाइते, चारजना गम्भीर, धरान ल्याइँदै

हाम्रो कोशी आवाज
पुष ११ २०८१, बिहिबार
धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा घुम्न निस्किएका १० जना घाइते, चारजना गम्भीर, धरान ल्याइँदै

धरानः धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा परेको छ । भोजपुरको बोखिममा स्करपियो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बिहीबार बिहान (आज) भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश १–०२–००२च६९२३ नम्बरको स्कारपियो सडकबाट करिब दुई सय ५० मिटर तल खसी दुर्घटना भएको प्रहरी निरीक्षक दीपककुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी झापा गौरादह बस्ने झमकबहादुर घले र सोही ठेगाना भएका देवीकला घले गम्भीर घाइते बनेको उनले जानकारी दिए । यस्तै, नाम नखुलेका अन्य दुईजना पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको उनले जानकारी दिए । अन्य घाइतेको नाम, ठेगाना खुलिनसकेको उनले जानकारी दिए । स्कारपियो धरानबाट हिँडेको र चखेवा घुम्न निस्किएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ११ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend