Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभाको फाविङमा पुषे मेला, खेलकुद र सांस्कृतिक कार्यक्रम हुने

हाम्रो कोशी आवाज
पुष १७ २०८१, बुधबार
संखुवासभाको फाविङमा पुषे मेला, खेलकुद र सांस्कृतिक कार्यक्रम हुने

-किरण लिम्बू
संखुवासभाः मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
खेलकुद, कला, संस्कार र संस्कृति, हामी सबैको साझा सम्पत्ति नाराका साथ आयोजना गरिने यस मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका वडा स्तरीय पुरुष भलिबल र नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् ।
मेलाका प्रतियोगिताहरूमा विजयी हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पुरुष फुटबलतर्फ प्रथम स्थान प्राप्त टोलीलाई नगद रु. ६१,१६१ ट्रफीसहित, दोस्रो स्थानलाई नगद रु. ४१,१४१ ट्रफीसहित र तेस्रो स्थानलाई नगद रु. २१,१११ मेडल सहित प्रदान गरिनेछ ।
महिला फुटबलतर्फ प्रथम स्थानका लागि नगद रु. २०,००० र दोस्रो स्थानका लागि नगद रु. १०,००० को व्यवस्था गरिएको छ । पुरुष भलिबल तर्फ प्रथम स्थानलाई नगद रु.४०,००० र दोस्रो स्थानलाई रु. २५,००० प्रदान गरिनेछ । यस्तै, नृत्य प्रतियोगितामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने प्रतियोगीले क्रमशः रु. १५,००० र रु. १०,००० नगद पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
खेलहरू नकआउट आधारमा खेलाइनेछन् भने सहभागी खेलाडीहरूले खाने–बस्ने व्यवस्था आफैंले गर्नुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएका टोलीलाई अयोग्य ठहर गर्दै प्रतिस्पर्धीलाई विजयी घोषणा गरिने नियम लागू गरिएको खेल संयोजक रञ्जन कार्कीले जानकारी दिए ।
प्रतियोगिता माघ २५ गतेदेखि सुरु हुनेछन् । नृत्य प्रतियोगिता भने माघ २७ गते क्लबको खेल मैदानमा सञ्चालन हुनेछ । बुद्धिमान लिम्बुले सम्पूर्ण खेलाडी, खेलप्रेमी र स्थानीय समुदायलाई मेलामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् । खेलकुद र संस्कृतिको यो मिश्रणले समुदायमा एकताको सन्देश दिने र प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान गर्न सहयोग पुर्याउने विश्वास गरिएको क्लवका अध्यक्ष पासाङ शेर्पाले बताए ।

प्रकाशित मिति: पुष १७ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend