Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा सुँगुर लिएर हिँडेको भ्यान दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
पुष २६ २०८१, शुक्रबार
धनकुटामा सुँगुर लिएर हिँडेको भ्यान दुर्घटनामा दुईजनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक पाख्रिबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लहान–५ का २४ वर्षीय प्रमोद मल्लिक रहेका छन् । सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको छ । साथै ३ वटा सुँगुर जीवितै छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

प्रकाशित मिति: पुष २६ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend