Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले गाँजा बोकेर धरान आउँदै गरेका युवाहरूलाई हवाइ फायर गरी समाते उनी बने सर्वोत्कृष्ट प्रहरी

हाम्रो कोशी आवाज
माघ ४ २०८१, शुक्रबार
जसले गाँजा बोकेर धरान आउँदै गरेका युवाहरूलाई हवाइ फायर गरी समाते उनी बने सर्वोत्कृष्ट प्रहरी

धरानः गाँजा बोकेर धरान आउँदै गरेका युवाहरूलाई हवाइ फायर गरी नियन्त्रणमा लिने प्रहरी कोशी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायव निरीक्षक रमेश प्रधानलाई २०८१ साल पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
निरीक्षक प्रधानले गत पुस २५ गते धनकुटाको साँगुरीगढी गाउँपालिका-९ चाँदीबजार स्थितमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लागूऔषध गाँजा बोकी धरानतर्फ आउँदै गरेका युवालाई नियन्त्रणमा लिन खोजेका थिए ।
नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेपश्चात् हवाई फायर गरी मोटरसाइकलमा सवार रहेका ६ जना युवालाई ५ वटा मोटरसाइकल तथा १२० किलोग्राम लागूऔषध गाँजासहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
‘आफ्नो जिम्मेवारी एरिया इलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनलाई प्रहरी नायव निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।’ प्रहरी वरिष्ठ उपरीक्षक दाहालले भने ।
प्रदेश कार्यालयले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने प्रहरीलाई सर्वोत्कृष्ट घोषणा गर्ने गरिएको छ ।

प्रकाशित मिति: माघ ४ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend