धरानमा मोटरसाइकलको टायर पम्चर हुँदा दुई प्रहरी हवल्दार गम्भीर घाइते
धरानः छोराले हाँकेको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका वडा नं. ०२ भीमपुरस्थित विराटनगर–देवानगञ्ज सडक खण्डमा सो दुर्घटना भएको इप्रका सीतागञ्जकी प्रहरी वरिष्ठ नायव निरीक्षक मुना डाँगीले जानकारी दिइन् ।
देवानगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको कोे१३प ७१० नम्बर र को११प ४५६६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को१३प७१० नम्बरको मोटरसाइकल चालक देवानगञ्ज बस्ने ३२ वर्षीय सन्तोषकुमार पासी घाइते बनेका थिए । उनको पछाडि सवार उनका बुबा ७५ वर्षीय सीताराम पासी भन्ने सितलप्रसाद पासीको गम्भीर घाइते बनेका थिए । उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा को११प ४५६६ नम्बरको मोटरसाइकल चालक देवानगंज–४ बस्ने तबरेज पनि घाइते बनेका छन् । उनी अहिले इलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा छन् ।
पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु
उता मोोरङको बेलबारीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
बेलबारी–४ बेतनास्थित पूर्व–पश्चिम लोकमार्गमा लक्ष्मीमार्गबाट बेलबारीतर्फ आउँदै गरेको प्र१–०२–०५२प ३९९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री बेलबारी–४ बस्ने ८२ वर्षीय मानबहादुर तामाङलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनलाई अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । चालक धनपालथान–२ बस्ने २५ वर्षीय सुमन कटुवाल, पछाडि सवार ३२ वर्षीय सन्जय पासवान समेत घाइते भएका छन् ।
धरानमा दुर्घटना, दुई प्रहरी गम्भीर घाइते
धरान–८ भोटेपुल स्थित कोशी लोकमार्गमा डिउटीको सिलसिलामा इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जादै गरेको को२०प ६५६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा इप्रका धरानमा कार्यरत मोटरसाइकल चालक ताप्लेजुङ फुङलिङ–२ घर भई प्रहरी चौकी महेशपुर झापा दरबन्दीका कम्प्युटर कोड न. ४०८६९० का ३४ वर्षीय प्रहरी सहायक हवल्दार आइतराज पालिंवा लिम्बू घाइते बने । यस्तै, सोही मोटरसाइकलको पछाडि सवार सप्तरी घर भई इप्रका धरान सुनसरी दरबन्दीका कम्प्युटर कोड न. ३७९६८९ का ३९ वर्षीय प्रहरी हवल्दार सुर्तीलाल चौधरी समेत घाइते भएका छन् । उनीहरू धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायक निरीक्षक टिकाराम खत्रीले जानकारी दिए । दुवै घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको टायर पम्चर भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।