Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका आचार्य दम्पत्तिले उत्कृष्ट काम गर्ने प्रहरीलाई १ लाख ४२ हजार पुरस्कार दिने

हाम्रो कोशी आवाज
माघ १९ २०८१, शनिबार
धरानका आचार्य दम्पत्तिले उत्कृष्ट काम गर्ने प्रहरीलाई १ लाख ४२ हजार पुरस्कार दिने

धरानः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी तथा सुनसरी धरान उपमहानगरपालिका–१ निवासी ८४ वर्षीय धनन्जय आचार्यबीच १ लाख ४२ हजार रुपैयाँ धनराशीको ‘देव कुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’ को सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
धरान–१ स्थित भएको सम्झौता कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (प्रथम पक्ष) र पुरस्कार दाता धनन्जय आचार्य (दोश्री पक्ष) बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवैपक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
पुरस्कार कोशी प्रदेशका १४ वटै जिल्लामा वर्षभरिमा प्रहरीको विविध कार्यहरुमा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुमध्ये उत्कृष्ट २ जना महिला र उत्कृष्ट २ जना पुरुष गरी बढीमा ४ जना प्रहरी कर्मचारी, सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई जनही ३५ हजार ५ सयका दरले प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधीद्वारा यो नगद पुरस्कार प्रदान गरिने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
सम्झौता कार्यक्रममा पुरस्कार दाता धनन्जय आचार्यले समाजमा शान्ति सुव्यवस्था कायम राख्न जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा पनि अहोरात्र खटिई उल्लेखनीय कार्य गर्ने व्यवसायीक प्रहरी कर्मचारीहरुको मनोबल र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो पुरस्कारद्वारा पुरस्कृत गर्ने आफ्नो इच्छा रहेको बताए ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायिक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न पुरस्कार प्रदान गर्न सम्झौता गर्नु हुने धनन्जय आचार्य तथा वहाँकी धर्म पत्नीलाई हृदय देखि आभार व्यक्त गरे । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगु, धरान उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष यज्ञमणि आचार्य लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: माघ १९ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend