Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रहरीले समात्न खोज्दाखोज्दै भागेपछि स्कारपियो गाडी नै दुर्घटना

हाम्रो कोशी आवाज
माघ २४ २०८१, बिहिबार
सुनसरीमा प्रहरीले समात्न खोज्दाखोज्दै भागेपछि स्कारपियो गाडी नै दुर्घटना

स्कारपियोभित्र र उखुको ढोडमा लुकाइराखेको १४ पोका गाँजा बरामद, चालक फरार

धरानः जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कारपियो गाडीले ठक्कर समेत दिई भागेपछि खेदाइखेदाइ लागूऔषध बरामद गरेको छ ।
भारतीय नम्बर प्लेटको गाडीमा लागूऔषध गाँजा तस्करी भइरहेको भनी जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना नै गोप्य सूचना आएपछि उनले नाका नै ब्लक गरी चेकजाँच गर्न लगाएका थिए ।
लागूऔषध सवारी साधन आइरहेको सुइँको आधारमा जिल्लाको दक्षिणी क्षेत्रको नाका ब्लक गर्न र चेकजाँच गर्न इलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णकुमार श्रेष्ठको कमाण्डमा ठूलो प्रहरी टोली खटेको थियो ।
टोलीले ‘बेरीगेट’ राखी जिल्ला सुनसरी गढी गाउँपालिका वडा नं. ४ स्थित छिटाहा नहरको बाटो हुँदै आउँदै गरेको एचआर ७० इ ९५०२ नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी बेरीगेटलाई ठक्कर दिँदै भागेको थियो ।
इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीबाट प्रहरी नायब निरीक्षक गणेश दाहालको कमाण्डमा खटिएको टोलीले सो गाडीलाई रोक्न खोज्दा देवानगंज गाउँपालिका वडा नं. ७ सिनवारी स्थितमा आफै अनियन्त्रित भई सडक भन्दा १० फिट तल रहेको ऐलेनी जग्गामा झरी रोकिएको अवस्थामा प्रहरीले गाडी फेला पारेको थियो ।
सो स्कारपियोभित्र हेर्दा प्लाष्टिकको बोरामा १० पोका गाँजा र सोही स्कारपिओ गाडी छेऊमा रहेको उखुको ढोडमा लुकाइराखेको ४ पोका (जम्मा १४ पोका) लागूऔषध गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा ल्याई डिजिटल काँटामा तौल गर्दा २९६ (दुई सय छयानब्बे) केजी ८५० ग्राम रहेको सो स्कारपिओ गाडीलाई स्कटिङ गर्नको लागि ल्याइएको प्रदेश २–०३–००९ प ०९९७ नम्बरको कालो निलो रंङको २२० सि.सि.को मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइएको र फरार सवारी चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीको एकहप्ते विशेष अभियानअन्तर्गत प्रहरी कर्मचारीहरुलाई लागूऔषधविरुद्व कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिएको समेत एसपी तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: माघ २४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend