Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी मुनासँग होटलमा सँगै बसेका युवा मृत भेटिए

हाम्रो कोशी आवाज
माघ २५ २०८१, शुक्रबार
धरानकी मुनासँग होटलमा सँगै बसेका युवा मृत भेटिए

धरानः धरानकी मुना विकसँग होटलमा बसेका युवा मृत फेला परेका छन् ।
युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई पक्राउ समेत गरेका छ । धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र झापाकै बिर्तामोड नगरपालिका–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्द्रले जानकारी दिए ।
गए राति (माघ २४) बिर्तामोड–४ स्थित एभरेस्ट होटेल एन्ड लजमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको थियो । सागर र उनकी केटी साथी मुना सो लजमा राति खाना खाएर सुतेका थिए ।
पछि राति करिब ११ बजे लजको कोठाभित्र बाथरुमको ढोकाछेउ भुइँमा लडेर सागर बेहोस भएका थिए । त्यसपछि उनलाई मुना र होटेल सञ्चालक यामकुमारीले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पुरयाएका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी चन्द्रले जानकारी दिए । डीएसपी चन्दका अनुसार ती युवती र युवक पतिपत्नी होइनन्।
‘अनुसन्धानका लागि होटेल सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएका छौं,’ झापाका डीएसपी चन्द्रले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएको अवस्थामा आफूले देखेको बयान युवती दिएकी छन्। बिहीबार राति ११ बजेतिर उनीहरू सँगै होटलमा बसेका थिए । १:३५ बजे मृत्यु भइसकेको भनेर चिकित्सकले खबर गरेका थिए ।
दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ २५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend