Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभा खाँदबारीका सुमनको दुबईमा आफ्नै साथीले गरे हत्या

हाम्रो कोशी आवाज
माघ २५ २०८१, शुक्रबार
संखुवासभा खाँदबारीका सुमनको दुबईमा आफ्नै साथीले गरे हत्या

संखुवासभा: रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका एक नेपाली युवाको आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेको खुलेको छ । करिब एक महिनाअघि मात्र संयुक्त अरब इमिरेट्सको दुबई पुगेका संखुवासभा खाँदबारी नगरपालिका–८, डाँडागाउँका ३५ वर्षीय सुमन विश्वकर्माको उनकै साथीले छुरा प्रहार गरी हत्या गरेको परिवारले जानकारी दिएको छ ।
विश्वकर्मा दुबई पुगेर १५ दिन कामविहीन भएर बसेको र ड्युटी लागेको १५ दिनमै एउटै कोठामा बस्ने नेपाली साथीले हत्या गरेको श्रीमती प्रतिमा विश्वकर्मालाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाका निवर्तमान अध्यक्ष इन्द्र गिरीले जानकारी दिएका छन् । मृतक र कोहलपुर घर भएका मगर थरका युवा एउटै कम्पनीमा काम गर्ने र सँगै बस्ने गरेका थिए ।
उनीहरू एक महिनाभित्रै नजिकका साथी बनेका थिए । सोही क्रममा एक दिन दुवै जना बसेर मदिरा सेवन गरेका थिए। त्यसबेला आपसमा विवाद हुँदा छुरा प्रहार गरी हत्या भएको भन्ने खबर आएको श्रीमती प्रतिमाले बताएकी छन् । हत्या गर्ने ती नेपालीलाई दुबई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ ।
हत्याको जानकारी पाएपछि संखुवासभाको खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले पीडित परिवारलाई घरैमा गएर भेटेका छन् । पीडित परिवारको घर पुगेर खाद्यान्न राहत सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थपलियाले मृतकको शव चाँडै नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मृतकका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
दुबईमा हत्यारालाई मृत्युदण्ड दिने कानुन छ । यदि परिवारले ब्लडमनी मागे त्यो दिएर कानुनी प्रक्रिया पु¥याएर यूएई सरकार डिपोर्ट गर्नेछ । तर, ब्लडमनी नमागे र रगतको बदला रगतै मागे मृत्युदण्ड दिइन्छ । झण्डै १० महिनाअघि मात्र आफ्नै साथीको हत्या आरोप लागेका दुई नेपाली ब्लडमनी बुझाएर नेपाल फर्किएका थिए ।

प्रकाशित मिति: माघ २५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend