Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाथीभरामा केवलकार निर्माण रोक्न परेकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०८१, बिहिबार
पाथीभरामा केवलकार निर्माण रोक्न परेकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

धरानः सर्वोच्च अदालतले पाथीभरामा केवलकार निर्माण रोक्न परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बिहीबार पाथीभरामा केवलकार निर्माण रोक्न माग गर्दै दायर रिटको सुनुवाई गर्दै निर्माण रोक्न माग गरिएकाे विषयमा आन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आइन्द्रकुमार लिम्बूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, तथा पाथीभरा क्षेत्र विकास समितिलाई विपक्षी बनाउँदै अन्तरिम आदेश मागसहित रिट दिएका थिए ।
यस सम्बन्धी दुईवटा रिट निवेदन गत पुस १८ र माघ ३ गते सर्वोच्च अदालतमा दर्ता भएका थिए । अदालतले दुवै मुद्दा लगाउमा राखेर पेश गर्न आदेश दिएकाे छ ।
माघ ८ गते पाथीभरा केबलकारको निर्माण सुरु भएपछि केहीले त्यसको बिरोध गर्दै आएका छन् । नो केबलकार समूहले आफूहरुको पहिचान र संस्कृतिमाथि क्षति पुग्ने भन्दै केबलकार बनाउन नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति: फाल्गुन ८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend