Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाथीभरामा झडपपछि यातायात बन्दको घोषणा, मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक बन्द

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०८१, शुक्रबार
पाथीभरामा झडपपछि यातायात बन्दको घोषणा, मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक बन्द

ताप्लेजुङ: पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्।
ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्।
उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भर्त्सना गर्दछ।’
नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्‍याएको काम भएको विज्ञप्तिमा उल्लेख छ।
झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप गुरुङले जारी गरेको संयुक्त विज्ञप्तिमा बन्दमा एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेकका सवारीसाधन सञ्चालन गरेमा हुने घटनाको आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति: फाल्गुन ९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend