धरानः टिपरको ठक्करले बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकलमा सवार उनीहरूलाई टिपरले ठक्कर दिएको थियो ।
शुक्रबार राति करिब ८ः४० बजे इलामको रोङ गाउँपालिका ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को१ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सूर्योदय नगरपालिका ६ खादी गाउँ बस्ने ४० वर्षीय दीर्घ राई र मोटरसाइकलको पछाडि सवार उनकै बुवा ७० वर्षीय पन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शरीरको विभिन्न भागमा चोट लागेको र बोल्न समेत नसक्ने गम्भीर अवस्थामा उनीहरुको उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा केहीबेरमा निधन भएको पाइएको प्रहरीले जनाएको छ । टिपर चालक माइजोगमाई गाउँपालिका २ शान्तिचोकका ३० वषीय खगेन्द्र थामी प्रहरी चौकी फिक्कलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
हुस्सु लागेकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।