Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाथीभरामा केवलकार निर्माण अहिलेलाई स्थगित, सरकारले ‘नो केवलकार’ समूहलाई वार्तामा बोलायो

हाम्रो कोशी आवाज
फाल्गुन १२ २०८१, सोमबार
पाथीभरामा केवलकार निर्माण अहिलेलाई स्थगित, सरकारले ‘नो केवलकार’ समूहलाई वार्तामा बोलायो

धरानः पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित भएको छ। सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरेको हो।
सरकारले माघ १० गते गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो।
‘ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानमा सरोकारवाला आयोजना निर्माण पक्षसँग समन्वय गरी आन्दोलनरत पक्षसँग निरन्तर संवाद भइरहेको छ,’ सूचनामा भनिएको छ।

वार्ता टोलीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख गरिएको छ।
उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन पनि विज्ञप्तिमा भनिएको छ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर आन्दोलन बढ्दै गएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो।
सरकारी वार्ता टोली र आन्दोलन पक्षबीच पटकपटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको छैन।

प्रकाशित मिति: फाल्गुन १२ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend