Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट हिले जाँदै गरेको ट्रकको ठक्करले महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०८१, बुधबार
धरानबाट हिले जाँदै गरेको ट्रकको ठक्करले महिलाको मृत्यु

धरानः धरानबाट हिलेतर्फ जाँदै गरेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिकामा ६ गोठगाउँकी ७० वर्षीया नन्दकुमारी राई रहेको प्रहरीले जनाएको छ । ठक्कर दिनेवित्तिकै राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटा धनकुटा–६ गोठगाउँस्थित कोशी लोकमार्गमा प्र १०२००२ ख ००४९ नम्बरको ट्रकले पैदलयात्रीलाई बाटो काट्दै गर्दा ठक्कर दिएको थियो । ट्रक र चालक धनकुटा नगरपालिका १ का ३९ वर्षीय भरतकुमार राई जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
चालकको लापरवाहीले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १४ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend