धरानः धरान–१४ स्थित पिण्डेश्वरमा पनि शिवरात्रीको दिन घुइँचो लागेको छ । देशभरका शिवालयहरुमा हिन्दू आराध्य देव महादेवको पूजा आराधाना भइरहेको छ ।
पिण्डेश्वरमा सर्वसाधारण भक्तजनहरु बिहान ४ बजेदेखि नै दर्शन गर्न आएका थिए । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार बिहान ४ बजेदेखि नै भक्तजनहरु आइरहेको यो साँझसम्म कायम रहनेछ । उनका अनुसार साँझ ध्वनी बाल्ने र ७ बजेदेखि १२ बजेसम्म भजन, कीर्तन आयोजना हुने उनले जानकारी दिए ।
यसपटक स्थानीय भक्तजन साथै भारतको बिहारदेखि समेत भक्तजनहरु आइपुगेका थिए । धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बोलबमलगायत अन्य पर्वहरुमा जहिल्यै हिन्दू धर्मावलम्वी भक्तजनहरुको घुइँचो लाग्ने बताउँछन् ।
भक्तजनहरुलाई समितिले निःशुल्क प्रसादकोरुपमा हलुवा र मालपुवा पनि वितरण गरेको छ भने मारवाडी सेवा समितिले निःशुल्क बुनियाँ वितरण गरेको थियो । तीन हजार पिस मालपुवा खुवाइएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

































