Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्यानको ठक्करले चटपटे खाइरहेका दिदीबहिनीको मृत्यु, सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०८१, शुक्रबार
भ्यानको ठक्करले चटपटे खाइरहेका दिदीबहिनीको मृत्यु, सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

धरानः सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
गढी गाउँपालिका ४ धुरा टोल स्थित छिटाहा विराटनगर भित्री पक्की सडक खण्डमा छिटाहाबाट साह टोल जाँदै गरेको प्र१–०२–०४५प ५००१ नम्बरको (१२५ सिसी) मोटरसाइकलले सोही दिशातर्फ रोकी राखेको प्र२–०१–००१क ००५१ न. को बसमा पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक चालक २५ वर्षीय प्रमोदकुमार मेहता रहेका छन् । ढाड र शरीरको विभिन्न भागमा भित्री चोट लागेको अवस्थामा उपचारको लागि विराट नर्सिङ लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बस्ने २२ को अरविन्द मेहता घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।
यस्तै, सुनसरीमै ठक्कर दिएर फरार रहेको कार भेटिएको छ भने चालक फरार रहेका छन् ।
सुनसरीको रामधुनी–३ बगैंचा टोलस्थित भित्री सडक खण्डमा प्र.१–०२–०४४प७४२८ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएर भागेको थियो । कारले ठक्कर दिँदा मोटरसाइकल चालक रामधुनी–६ बस्ने ४० वर्षीय राजकुमार पौडेल र पछाडि सवार सुन्दरहरैंचा बस्ने ४६ वर्षीय निर्जला खनाल घाइते बनेको प्रहरी निरीक्षक सुजन मुदेलले जानकारी दिए ।
फरार रहेको कार बा२१च६८८८ नम्बरको रहेको र कार खोज्दै जाँदा इनरुवा–६ मधेशामा बाटोको साइडमा पार्किङ गरी राखेको अवस्थामा फेला परेको र चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ हात्तीमारा चटपटे खाइरहेका दुई किशोरीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्र १–०५–००१ च ००९२ नम्बरको पिकअप भ्यानले घर अगाडि सडक पेटीमा बसेर चटपटे खाइरहेका उदयपुर त्रियुगा नगरपालिका १२ बस्दै आएका १४ वर्षीया अनुकुमारी दासको उपचारका क्रममा र उनकी बहिनी १३ वर्षीय देवीकुमारी दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
चालक उदयपुर त्रियुगा ९ बस्ने १८ वर्षीय निरजल कटुवाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भ्यान चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend