Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीलाई केन्द्र बनाएर ‘अबको युद्ध दुव्र्यसनविरुद्ध’ अभियान कोशी प्रदेशका १४ वटै जिल्लामा गरिने

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०८१, बुधबार
इटहरीलाई केन्द्र बनाएर ‘अबको युद्ध दुव्र्यसनविरुद्ध’ अभियान कोशी प्रदेशका १४ वटै जिल्लामा गरिने

धरानः कोशी प्रदेशमा ‘अबको युद्ध दुव्र्यसनविरुद्ध’ भन्ने नाराका साथ दुव्र्यसनविरुद्धको अभियान सञ्चालन गर्ने भएको छ ।
कोशी प्रदेशमा लागूऔषधको अवस्था भयावह बनेसँगै नियन्त्रणका लागि ‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ अभियान थालिएको हो । ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरु गरेको अभियानको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सुनसरीको इटहरीमा शुभारम्भ गरेका छन् । समाजमा बढ्दो दुव्र्यसन नियन्त्रणको मुख्य उद्देश्य राखेर अभियान अगाडि बढाउन प्रदेश सरकारले प्रहरीसँग सहकार्य गरेको हो ।
सुनसरीबाट २०७५ सालमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु गरिएको प्रारम्भिक अभ्यास प्रभावकारी देखिएपछि त्यसलाई ६ वर्षपछि प्रदेशका १४ वटै जिल्लामा विस्तार गर्न अभियान चलाइएको हो । सुनसरीमा २०७५ फागुन १४ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणमा १६ वटा माध्यमिक विद्यालयमा प्रारम्भिक अभ्यास गरिएको थियो ।
कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले ‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’भन्ने मूल नाराका साथ दुव्र्यसनविरुद्धको अभियान ‘फाइट एगेन्स्ट नार्कोटिक’ (फेन) सुरु गरिएको बताए । उनका अनुसार इटहरीलाई केन्द्र बनाएर शुभारम्भ गरिएको अभियान प्रदेशका १४ वटै जिल्लामा सुरु भएको छ । मुख्यमन्त्री कार्कीले दुव्र्यसन विरुद्धको अभियान कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ शुभारम्भ गर्नु भएको थियो ।

विशेष गरेर किशोर अवस्थाका बालबालिका साथीभाइको दबाब, ठूलाबडाको सिको, जिज्ञासु स्वभाव, भ्रम वा अज्ञानताका कारण लागुऔषधको दुव्र्यसनमा फस्ने उच्च जोखिम रहने उनको भनाइ छ ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषधको दुव्र्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउँदै शुरु भएको लागूऔषधविरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय, दुव्र्यवसनविरुद्धका अभियन्ताहरु सवै मिलि सहकार्य र हातेमालो गरी अगाडि बढेमा दुव्र्यसनमुक्त समाज निर्माण गर्न सकिने बताए । अभियानका परिकल्पनाकार तथा २०७४ साल जेष्ठ ७ गते सुनसरी जिल्लाबाट सुरुवात भएको लागूऔषध दुव्र्यसनविरुद्धको अभियानलाईकोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार भइरहेको सुखद अवसरमा परिकल्पनाकार हाल कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई सक्रियताको उच्च सम्मान गर्दै जिल्ला कार्य सम्पादन समितिको तर्फबाट प्रदान गरिएको सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अधिकारीले बिशेष गरी किशोर अवस्थाका बालबालिकाहरु साथीभाइको दवाव, ठूलाबडाको सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुव्र्यसनमा फस्ने उच्च जोखिम रहेको बताउँदै अवको युद्ध दुव्र्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ गर्दै सबै एक जुट भई अगाडि बढ्न आह्वान गरे ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले कार्यक्रमलाई यतिमै सीमित नराखी आगामी आर्थिक वर्षमा थप बजेट तथा नीति कार्यक्रमका साथ लागूऔषध दुव्र्यवसनको बढ्दो दरलाई घटाउन सचेतनामुलक कार्यक्रमहरु सहितको आयोजना बनाई अगाडि बढ्ने बताए ।
कार्यक्रममा इटहरी उप–महानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल, तत्कालीन सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीका पूर्व संरक्षक ध्रुवबहादुर खडका, जिल्ला कार्य समिति सुनसरीकी विममला ढकाल, लागूऔषध दुव्र्यसन विरुद्ध सक्रिय मनोज सुवेदी, पूर्व विद्यार्थी रंजु दाहालले आ–आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, पर्यटन तथा वन मन्त्री सदानन्द मण्डललगायतको समेत उपस्थिति थियो ।

प्रकाशित मिति: फाल्गुन २८ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend