Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलिदेखि एसईई परीक्षा, कोशी प्रदेशबाट ८१ हजार बढी विद्यार्थीले परीक्षा लेख्दै

हाम्रो कोशी आवाज
चैत्र ६ २०८१, बुधबार
भोलिदेखि एसईई परीक्षा, कोशी प्रदेशबाट ८१ हजार बढी विद्यार्थीले परीक्षा लेख्दै

धरानः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् । बिहीबारदेखि एसईई सुरु हुँदैछ ।
प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार जसमा साधारण धारतर्फ ७७ हजार ९५७, प्राविधिक धारतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थीले एसईई दिन लागेका हुन् । कोशी प्रदेशमा सञ्चालन हुने एसईईमा नियमित तर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी सहभागी हुनेछन् ।
सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।
कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसईई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ । त्यसपछि कम परीक्षार्थी सोलुखुम्बु जिल्लामा छन् । सोलुखुम्बु जिल्लाका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । यस्तै ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
परीक्षा सञ्चालन हुने ३७१ परीक्षा केन्द्रमा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १ हजार ६१६ सहयोगी गरी जम्मा ७ हजार ३८४ शिक्षक कर्मचारी र ५ हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन हुनेछन् । सबैभन्दा धेरै झापामा १ हजार ५३३ शिक्षक कर्मचारी र ८५५ प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् ।
मोरङमा १ हजार ६३२ शिक्षक कर्मचारी र १ हजार ५० सुरक्षाकर्मी गरी २ हजार ६८२ जनशक्ति परिचालन गरिने छ । एसईई परीक्षामा अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गताको प्रकृति हेरेर निर्धारित समयभित्र परीक्षा दिन नसक्ने भएमा शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा केन्द्राध्यक्षले बढीमा १ घण्टा ३० मिनेट समय थप गर्न सक्ने विशेष व्यवस्था गरिएको छ ।
दृष्टिविहीन र दुवै हात नचल्ने परीक्षार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा बढीमा कक्षा ८ उत्तीर्ण विद्यार्थीलाई सहयोगी राखी परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति: चैत्र ६ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend